शिव मारुती ज्वेलर्स

रौतहट, भदौ ८ गते । रौतहट जिल्लाको गौर नगरपालिका–९ अन्तर्गत गौरसिर्सिया सडक खण्डको मुडवालाबा मोड नजिक हिजो रातिकरिब १०:३० बजे एक वेवारिशे सुटकेसबाट महिलाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सुटकेस छाडिएको भन्ने जानकारी पाएपछि प्रहरी टोलीले घटनास्थलमा पुगेर खोल्दा भित्र एक महिलाको शव भेटिएको हो। मृतक महिलाको हालसम्म कुनै पनि पहिचान खुल्न सकेको छैन।

शुभकामना

शवको अवस्था हेर्दा घटनामा आपराधिक गतिविधि संलग्न भएको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमका लागि गजुरमुखी अस्पताल गौरमा पठाइएको प्रहरीले जनाएको छ।

स्थानीयवासीहरूले राति सुटकेस त्यहाँ राखिएको देखे पनि त्यसबेला को कसले ल्याएको भन्ने स्पष्ट नभएको बताइएको छ।

२०८२ भाद्र ८, आईतवार ०२:२१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय