फोक्स नेपाल,संवाददाता । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोले आफुले चुनावमा कसैलाई सघाउने विश्वास नदिलाएको स्पष्ट पारेकी छिन् ।
जनताले आफुलाई गौशाला नगरपालिकाको उपमेयरमा जिताएर सर्वाजनिक पदमा काम गर्न पठाएको अवस्थामा आफुले आउँदो मंसिर ४ गतेको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा कुनै उमेदवारलाई सघाउने निर्वाचन आचारसंहिताले पनि नदिने उनले आम मतदातालाई स्पष्ट पारेकी हुन् ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

महोत्तरी क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार गिरिराजमणी पोखरेललगायतका नेताहरु घरदैलोको क्रममा आफूसँग गरेको भेटघाट गरेको विषयलाई अतिरञ्जित गरेर भ्रम फैलाईएको उनले स्पष्ट पारेकी हुन् ।
उपमेयर महतोले भेटघाटको फोटोलाई लिएर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार र समाजिक सञ्जालमा भईरहेको टिक्काटिप्पणी प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताईन् ।
द पब्लिक टुडेसँग कुराकानी गर्दै उनले भनिन् ‘गौशाला रामनगरस्थित घरदैलो तथा भेटघाटको क्रममा मेरो घरमा आउनुभएका अतिथिलाई सत्कार गर्नु मिथिला संस्कृतिको परम्परा अनुसार मैले अन्य आम नागरिकलाई स्वागत गरेझैं वहाँहरुलाई पनि स्वागत गरेकी हु । मैले त्यही संस्कृतिलाई अगालेकोले मेरो घरमा आएका अतिथिसंग बसेर स्वागत तथा भेटघाट गरेको विषयलाई अतिरञ्जित गरेर भ्रम फैलाइयो । त्यस्ता कार्यप्रति खेद प्रकट गर्दछु ।’
आफू जनता समाजवादी पार्टीको सक्रिय कार्यकर्ता सदस्य रहेको उपमेयर महतोले बताईन् । ‘पार्टीप्रति म र मेरो भुमिका सधै सकारात्मक रहेको र आगामी दिनमा समेत सच्चा र वफादार रहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनिन् ।
मंगलवार पूर्वमन्त्री समेत रहेका पोखरेको स्वकीय सचिव मोहन तामाङको फेसबुक आईडिबाट भेटघाटको तस्बिर साँझा गर्दै ‘गौशाला नगरपालिकाकी उपमेयर समेतको टिमले पाँच दलिय गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने वचनवद्धता’ भनेर शेयर गरेका थिए ।















