शिव मारुती ज्वेलर्स

बारा, भदौ ११ गते । मुस्लिम मुक्ति मोर्चा नेपालको मधेस प्रदेश अध्यक्ष राज खानले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा मधेस प्रदेश इन्चार्ज क. मातृका प्रसाद यादवको मधेस र मधेसी जनताप्रतिको योगदानलाई ऐतिहासिक बताउनुभएको छ।

अध्यक्ष खानका अनुसार, मधेसका जनताले पाएका राजनीतिक, सामाजिक र सांस्कृतिक हक–अधिकारमा मातृका यादवको नेतृत्व निर्णायक रह्यो। उहाँले भन्नुभयो, “मधेस र मधेसीले गर्व गर्न सक्ने अवस्था सिर्जना हुनुमा मातृका यादवकै योगदान छ। उहाँको राजनीतिक संघर्ष, मधेसप्रतिको निष्ठा र निरन्तर अगुवाइकै कारण मधेस आज अधिकारसम्पन्न बनेको हो।”

शुभकामना

खानले स्मरण गर्नुभयो कि यादवले द्वन्द्वकालदेखि शान्ति प्रक्रियासम्म, संविधान निर्माणदेखि मधेसको स्वायत्तता र पहिचानको मुद्दासम्म निरन्तर लड्दै आउनुभएको छ। उहाँकै पहलमा मधेसका आवाजलाई राष्ट्रिय राजनीतिमा उच्च प्राथमिकता पाउन सफल भएको पनि अध्यक्ष खानको भनाइ छ।

यसैबीच अध्यक्ष खानले पार्टीभित्रका केही अराजक समूहहरू समाजिक सञ्जालमार्फत अनावश्यक गाली–गलौज र टिप्पणी गरेर माओवादीलाई नै कमजोर बनाउन खोजेको आरोप लगाउनुभयो। उहाँले स्पष्ट पार्नुभयो, “साँचो माओवादी भनेको मातृका यादवलाई बुझ्ने र उहाँको मार्गदर्शनमा अघि बढ्ने हो।”

थपमा अध्यक्ष खानले मधेस प्रदेशलाई आगामी दिनमा क. मातृका यादवको अगुवाइमा पूर्ण रूपमा माओवादीमय प्रदेश बनाइने विश्वास व्यक्त गर्नुभयो।

२०८२ भाद्र ११, बुधबार ०१:०२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय