फोकस नेपाल ,भदौ ,११ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश सागर विष्टको इजलासमा परेको छ।
सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत बुटवलमा रिट दायर भएको छ।रवि लामिछानेकी पत्नी निकिताले श्रीमानको तर्फबाट बैंक जमानत लिएर मुद्दा लड्न दिनुपर्ने माग गरेकी छिन्।
शुभकामना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश सागर विष्टको इजलासमा परेको छ । सोमबार सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत बुटवलमा दायर मुद्दा न्यायाधीश विष्टको एकल इजलासमा परेको हो ।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले आज लामिछानेको मुद्दा न्यायाधीश विष्टको एकल इजलासको परेको जानकारी दिए । कुँवरले लामिछानेको निवेदनको तर्फबाट आज बहस हुनसक्ने बताए । लामिछाने पत्नी निकिताले सोमबार श्रीमानको तर्फबाट उच्च अदालत बुटवलमा बिगो तोके बराबरको बैंक जमानत लिएर जेल बाहिरबाटै मुद्दा लड्न दिनुपर्ने मागसहित रिट दायर गरेकी थिइन् ।














