फोकस नेपाल ,भदौ १२ गते । सोमबार ट्याम्पुबाट लडेर एक बालकको ज्यान गएको छ । धनुषाको बटेश्वर गाउँपालिका-१, धुमासनमा रहेको श्री ओमशान्ति सेकेन्ड्री इङ्गिल बोर्डिङ स्कुलमा एलकेजीमा अध्यनरत ६ बर्षे बालक सोनु कुमार महतोको मृत्यु भएको छ ।उनलाई स्कुल कै टेम्पुबाट लडदा मृत्यु भएको हो ।
विद्यालयले चलाएको अटोले साँझ साढे ६ बजे उनलाई महोत्तरी बर्दिबास स्थित प्रेम नगरमा रहेको आफ्नो घरतर्फ लैजाने क्रममा अटोबाट लडेर गम्भीर घाइते भएका थिए ।
शुभकामना

उनलाई उपचारका लागि सुरुमा धनुषाको चन्द्रकला अस्पताल, जनकपुर लगिएको थियो। थप उपचारका लागि उनलाई मोरङको विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टी-स्पेशलिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।














