शिव मारुती ज्वेलर्स

जलेश्वर सरार्फ,बिरगंज। बारा जिल्लाको गण्डक स्थित रहेकोे क्लार्क होटेल भित्रको क्यासिनोमा नेपालीहरुलाई अवैध ढंगले जुवा,तास खेल्न तथा खेलाउन क्यासिनोका संचालक युवराज अधिकारीले छुट दिएका छन।

क्यासिनो संचालक युवराज अधिकारीले नेपालीहरु प्रवेश गराउन त्यहाँ छुट्टै एजेन्टहरु को व्यवस्थापन गरेका छन्। नेपालीहरु प्रवेश गर्न खोज्दा त्यहाँका एजेन्टहरु बिनोद,विकाश,हरि,तथा एकजना पाण्डे थर भएकाहरु संग अनुमति लिई उनिहरुको आदेश मार्फत नेपालीहरु प्रवेश गराउन थालेका छन्।

शुभकामना

नेपालमा रहेका सम्मपुर्ण क्यासिनोहरुमा नेपालीहरु प्रवेश पुर्णरूपमा प्रतिबन्ध रहेपनी यिनिहरुले नेपाल सरकारले वर्जित गरेका प्रतिबन्धित कार्यहरू निर्धक्क साथ गर्ने गरेका छन्। क्यासिनोमा जुवा खेलेर क्यौ नेपालीहरु घरवारविहीन विहीन भएका उदाहरणहरु नौलो नरहेको सर्वविदितै छ।

यहि विषयमा बुझ्न खोज्दा युवराज अधिकारीको मोवाइलमा सम्पर्क गर्न खोज्दा फोन उठेन। फोन उठिहाले पनि हामीले गृहमन्त्री देखि प्रधानमन्त्री जिल्लाको सिडिओ र एसपी लगायत प्रदेशका डिआईजी समेतलाई आफ्नो प्रभावमा राखेर मात्र यो क्यासिनो संचालन गर्ने गरेका छौ जति समाचार लेखेपनी हामीलाई खासै फरक नपर्ने हाकाहाकी जवाफ् फर्काउने गरेका छन्।

हुनपनि हो जस्तो लाग्न थालेको छ। बिरगंजमा रहेका क्यासिनो लगायतका स्पासेन्टर र अन्य कति ठाउँमा हुने गरेका जुवातास हरु यसरी दिनहु खेलाउदा पनि स्थानीय प्रहरी प्रशासनले यसमा चासो नदेखाउदा झन शंकास्पद रूपमा देख्न थालिएको छ।

नियमनकारी निकायले नै छुट दिन थालेपछि नेपालीहरुको हरिविजोग त हुने भई नै हाल्यो झन नेपाली समाज अपराध तर्फ उन्न्मुख समेत हुने वातावरण सिर्जना हुन थालेको छ।

विगत एक सप्ताह भित्र बिरगंजका स्थानीय वासिन्दा विनय झा ले मात्र करिब ६०००००/- लाख रुपैया भारु कलर्क क्यासिनोमा हारेको बताउँछन्। उनले भने मैले आफ्नो क्रेडिट कार्ड र उनिहरुले प्रयोग गर्ने बैंकिङ्ग उपकरणहरुको चेकजाँच गर्दापनी दुधको दूध र पानीको पानी भईहाल्छ भनी बताएका छन्।

२०८२ भाद्र १३, शुक्रबार ०५:१३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय