शिव मारुती ज्वेलर्स

लहान, भदौ १६ गते ।  सिरहा प्रहरीले लागुऔषध सहित ३ जना भारतीय र १ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।

मिति २०८२ भदौ १४ गते साँझ करिब ८:१० बजे गोप्य सूचनाको आधारमा इलाका प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरी टोलीले भगवानपुर गाउँपालिका–१, भगवानपुर चौकबाट १०० मिटर पश्चिमतर्फ चेकजाँच गर्दा उनीहरूको साथबाट लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने पदार्थ फेला पारेको हो।

शुभकामना

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट प्लाष्टिक सहित ४१.९७ ग्राम र प्लाष्टिक बाहेक ४० ग्राम लागुऔषध बरामद भएको छ। साथै उनीहरूले प्रयोग गर्दै आएको भारत नम्बर प्लेटको BR 32 AX 1483 (१२५ CC पल्सर मोटरसाइकल) समेत बरामद गरिएको छ।

पक्राउ पर्नेमा भारत, बिहार राज्य मधुबनी जिल्लाका ,मो. मिस्टर (२४ वर्ष),  अख्तर हुसेन (३८ वर्ष), मोहमद मुस्तफा (२३ वर्ष), र नेपाल, सप्तरी खडक नगरपालिका–६ का आविद हुसेन (४२ वर्ष) रहेका छन्।

उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा ल्याइएको र भदौ १५ गते जिल्ला अदालत सिरहाबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०८२ भाद्र १६, सोमबार ०८:३३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय