फोकस नेपाल ,भदौ १७ गते । सिरहाको लहान नगरपालिका– १ मटियर्वामा दुई छोरासहित डेरामा बस्दै आएकी एक महिला र उनको जेठो छोरा मृत भेटिएका छन्।
लहान– १२ भोटिया टोल घर भई मटियर्वामा करिब एक वर्षदेखि डेरामा बस्दै आएकी प्रवीण चौधरीकी श्रीमती करिब २३ वर्षीया रंजिता चौधरी मंगलबार बिहान करिब साढे १० बजेतिर कोठाको पंखामा झुण्डिएको अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
शुभकामना

सिरहा प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दिपककुमार सिंहका अनुसार करिब पाँच वर्षीय जेठो छोरा एरोन चौधरीसमेत कोठाको खाटमुनि मृत भेटिएका छन्।














