शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,भादै २१ गते । तिनपाटन गाउँपालिकाले निकासी करको नाममा कृषि कर असुल्ने कार्य सुरु गरेको छ। पालिकाले जडिबुटी, कबाडी र जीवजन्तुमा मात्रै कर लगाउने व्यवस्था भए पनि हाल कृषिजन्य बस्तुमा समेत कर असुल्न थालेको हो ।

तिनपाटन निवासी अमर कार्कीले विगत ४ वर्षदेखि तिनपाटनको लेक भेग तिनपाटन -८ जुके क्षेत्रको कृषिजन्य उत्पादन संकलन गरेर दैनिक सिन्धुलीमाढी ल्याउँदै आएका छन्। लेक क्षेत्रमा उत्पादन हुने काक्रो, साग, निउरोलगायतका बस्तु बजारसम्म पुर्‍याउने कार्की भन्छन्, “केही वर्षअघि घरायसी प्रयोजनका लागि मात्रै खेती गर्ने किसान अहिले बजार पाउन थालेपछि व्यवसायिक खेती गर्न थालेका छन्।”

शुभकामना

उनका अनुसार बिक्री हुने भएपछि पहिले जंगलमै खेर जाने निउरो स्थानीयले दिनभर जंगल घुमेर संकलन गर्ने गरेका छन्। कार्कीका दुई पिकअपमार्फत तिनपाटन–८ जुकेबाट मात्र दैनिक पाँच टनभन्दा बढी उत्पादन सिन्धुलीमाढी पुग्ने गरेको छ। लेख क्षेत्रमा उत्पादित तरकारी स्वादिलो हुने भएकाले सिन्धुलीमा यसको माग उच्च छ।

तर विगत २ दिनदेखि गाउँपालिकाले संकलन गरिएको निउरो र सागमा समेत निकासी कर असुल्न थालेको छ। कार्कीका अनुसार १ बोरा निउरो र थोरै काक्रोमै ८०० रुपैयाँ कर असुलिन थालिएको छ।

निकासी करको रसिदमा जडिबुटी, कबाडी र जीवजन्तुमा मात्रै कर लिन पाउने प्रावधान लेखिएको भएपनि गाउँपालिकाले सम्पूर्ण कृषिजन्य उत्पादनमै कर उठाउन थालेको हो। यसबारेमा बुझ्न तिनपाटन गाउँपालिकाका प्रशासकीय अधिकृतसँग सम्पर्क हुन सकेन भने राजस्व शाखाको फोन उठेन । गाउँपालिका अध्यक्षले भने कर उठाउन थालिएको स्वीकार गर्दै आफू बाहिर रहेको र यसबारे थप बुझ्नुपर्ने भन्दै झारो टारेका छन्।

२०८२ भाद्र २१, शनिबार १३:३९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय