शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,भदौ २६ गते । जेल जीवन बिताइरहनु भएका धनुषाका पूर्वराज्यमन्त्री सञ्जय साह आज (बिहीबार) ललितपुरको नख्खु कारागार पुगेका छन् ।

जेन–जी पुस्ताका आन्दोलनका कारण कारागारको अवस्था तनावग्रस्त बनेको थियो । कारागार प्रशासन, जेलर र आन्दोलनकारी समेतले कारागारको सुरक्षाको कारण देखाइ उनलाई कारागारबाट मुक्त गराएको थियो ।

शुभकामना

उहाँ आउन मानेका थिएनन्, आन्दोलनको स्थिति र कारागारको अवस्था हेरेर आउनु भएको नवीन यादवको भनाइ छ । बिहीबार बिहानै जनकपुरधामबाट हिँडेका साह काठमाडौंको गम्भीर अवस्थाका कारण काभ्रे प्रहरीको सुरक्षा लिई कारागार पुगेको यादवले जनाए ।

सामाजिक सञ्जालमा सञ्जय साह पक्राउ परेको भनेर आएको खबर झुठो रहेको नवीन यादवले बताए ।

२०८२ भाद्र २६, बिहीबार १५:५६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय