बर्दिबास, भदौ २७ गते। महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर सामुदायिक वन क्षेत्रभित्र १८३ थानभन्दा बढी सालका रुखहरू अवैध रूपमा काटिएको खुलेको छ ।
वन संरक्षण तथा सरसफाइका लागि महत्वपूर्ण मानिएको टुटेश्वर वनमा ठूलो संख्यामा रुख ढालिएको घटनाले स्थानीयवासी र सरोकारवालामाझ गम्भीर चिन्ता उत्पन्न भएको छ । वन विनाशमा संलग्न समूहको पहिचान र कारबाहीका लागि सम्बन्धित निकायले तत्काल छानबिन अगाडि बढाउनुपर्ने माग गरिएको छ ।
शुभकामना

स्थानीयले भने, “टुटेश्वरनाथ सामुदायिक वनकै संरक्षणकर्तामाथि समेत शंका उत्पन्न हुने खालको गतिविधि भएको छ, यसमा संलग्न जो कोही भए पनि कठोर कारबाही हुनुपर्छ।”
यस विषयमा जिल्ला वन डिभिजन कार्यालय, प्रहरी प्रशासन र स्थानीय सरकारबीच समन्वय गरी अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको बताइएको छ ।


















