फोकस नेपाल , भदौ २७ गते ।नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका थिए ।
शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई दिएको नियुक्तिपत्रमा ‘६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नेगरी’ भन्ने व्यहोरा उल्लेख छ ।



















