शिव मारुती ज्वेलर्स

फोकस नेपाल , असोज २ गते । जनकपुरधाम विमानस्थलमा पार्किङ शुल्क असुल्ने नाममा ठेकेदारले यात्रु र सर्वसाधारणसँग पटक–पटक दुव्र्यवहार गर्दै आएका छन् । विमानस्थलको पार्किङ र क्यान्टिन सञ्चालनको ठेक्का लिएका लक्ष्मी कन्स्ट्रक्सनका साहु जयनाथ साहले यात्रु तथा पर्यटकसँग अपमानजनक व्यवहार गर्ने गरेका छन् ।

हालै उनको दुव्र्यवहारको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा मोटरसाइकल चढेर विमानस्थलबाट बाहिर निस्कन लागेका दुई यात्रुलाई रोकी पार्किङ शुल्क तिर्न भनिरहेका छन् । तर, मोटरसाइकल चालकले ‘पार्किङ नै गरेको छैन’ भनेर प्रतिवाद गर्दा, ठेकेदार साहले गुण्डागर्दी शैलीमा बीचमा रहेको सामान खसालिदिएका छन् ।

शुभकामना

यस्तो घटना पहिलोपटक भने होइन । विगतमा पनि यात्रु र पर्यटकसँग ठेकेदार साहले रुखो व्यवहार गर्दै आएको स्थानीयहरू बताउँछन् । प्रहरी प्रशासनमा पटक–पटक छलफल भए पनि उनको स्वभावमा खासै सुधार नआएको गुनासो छ । पछिल्लो भिडियो सार्वजनिक भएपछि भने उनीविरुद्ध आक्रोश चुलिएको छ र ठेक्का तोडेर कारबाही गर्नुपर्ने माग भइरहेको छ ।

जनकपुर विमानस्थल प्रमुख तेजबहादुर बुढाथोकीका अनुसार घटनापछि ठेकेदार साहलाई कारबाही गर्ने दबाब बढेको छ । “अब उनले आफ्नो व्यवहारमा सुधार ल्याउनुपर्छ, नभए ठेक्का तोडिन्छ,” प्रमुख बुढाथोकीले बताए ।

अचम्मको कुरा के छ भने जयनाथ साहले डेढ दशकभन्दा बढी समयदेखि विमानस्थलको क्यान्टिन र पार्किङ ठेक्का लिँदै आएका छन्। अन्य प्रतिस्पर्धी ठेकेदारले प्रस्ताव नहाल्ने भएकाले ठेक्का बारम्बार उनैले पाउने गरेको विमानस्थल प्रमुख बुढाथोकीले बताए ।

ठेकेदार साहको हर्कतले जनकपुरको बारेनमा नकरात्मक संदेश जाने गरेका छन् ।

२०८२ आश्विन २, बिहीबार १२:३५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय