फोकस नेपाल ,असोज ०४ गते । सिरहाको लहान नगरपालिका–२३ गाढा गाउँमा धानमा सिँचाइका लागि विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका शिक्षक बिजेन्द्र कुमार सहनी (३८) को शनिबार मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहान करिब ११:३० बजे खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेका सहनीलाई तत्काल उद्धार गरी लहानस्थित प्रादेशिक अस्पताल पुर्याइए पनि उपचारअघि नै चिकित्सकले मृत घोषणा गरेका थिए।
शुभकामना















