रुपेश यादव , असोज ११ गते । महोत्तरीमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक बालिका गम्भिर घाईते भएकी छिन् । शुक्रबार गौशालाबाट माइस्थान चोकतर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकलले गौशाला नगरपालिका –१ स्थित रामनगरमा दुई पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भिर घाइते भएकी स्थानीय ३८ वर्षीया शोभा परियारको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही दुर्घटना गम्भिर घाईते भएकी स्थानीय राजु परियारकी १० बर्षीया छोरी ज्ञानु परियारको उपचार भईरहेको छ ।
शुभकामना

मृतकको शव पोस्माटको लागि बर्दिवासको सरकारी अस्पतालमा पठाइएको छ भने ठक्कर दिने मोटरसाईकल चालक गौशाला नगरपालिका–५ का १९ बर्षीय सुशान्त शर्मालाई ईलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।














