शिव मारुती ज्वेलर्स

सिरहा ,असोज ११ गते  । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वा ठाडीले ठूलो रकमसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका ४ जमुवाटोलका ४५ वर्षीय ओमप्रकाश साह छन् । लोकहाबाट भगवानपुर चोकतर्फ पैदल जाँदै गरेको अबस्थामा स्रोत नखुलेको ७ लाख ५० हजार रुपैयाँ बरामद भएपछि उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।

शुभकामना

बरामद नगद रुपैयामध्ये एक हजार दरको ४७९ थान र पाँच सय दरको ५४२ थान नोट रहेको छ । स्रोत नखुलेको उक्त रकम हुण्डी कारोबारको रहेको प्रहरीको दावी छ ।

२०८२ आश्विन ११, शनिबार १४:५६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय