सिरहा,असोज ११ गते । धनगढीमाई नगरपालिका–६, फुलकाहा कट्टी निवासी स्व. सरोज कुमार महतोकी श्रीमतीलाई सिरहा सेवा समाज तथा प्रवासी कुशवाहा सेवा समाज कतारको संयुक्त पहलमा रु. ४२,००० आर्थिक सहयोग प्रदान गरिएको छ। उक्त सहयोग कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा विशेष सहयोग र समर्थनका लागि जिल्ला समन्वय समिती सिरहाका सभापति आदरणीय दिनेश कुमार महतोको उल्लेखनीय योगदान रहेको थियो। सो अवसरमा प्रवासी कुशवाहा सेवा समाज कतारका संस्थापक तथा सिरहा सेवा समाज कतारका वरिष्ठ सल्लाहकार आदरणीय शिव कुमार महतो, सिरहा सेवा समाज कतारका संस्थापक अध्यक्ष उतिम साह, वडा अध्यक्ष भगलु महतो, सिरहा सेवा समाजका मिडिया कोअर्डिनेटर सियाराम यादव, सदस्य दिनेश यादवलगायत स्थानीयवासी, समाजसेवी, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको उपस्थितिले कार्यक्रमलाई थप सफल बनाएको थियो।
शुभकामना

सहयोगले स्व. सरोज कुमार महतोको परिवारलाई जीवनयापन तथा सानो व्यवसाय सञ्चालनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

सिरहा सेवा समाज कतारका अध्यक्ष जय प्रकाश यादवले कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्दै निरन्तर सामाजिक उत्तरदायित्वप्रति संस्थाको प्रतिबद्धता दोहोर्याए।














