ADVERTISEMENT

फोकस नेपाल ,कार्तिक ०४ गते । लक्ष्मीपूजामा एक सेकेण्डपनि बत्ति नजाने, मन्त्री कुलमान घिसिङ भार प्रेषण केन्द्र निरीक्षण गर्दै रुघेरै बसेका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन सोमबार साँझ नेपाल विद्युत प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षको निरीक्षण गरेका छन् ।

सामान्य आयुर्वेद चिकित्सा/AHA (कविराज) मा भर्ना खुल्यो ।

शुभकामना

शुभकामना

ऊर्जा,जलस्रोत मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिवहरू, विद्युत विकास विभागका महानिर्देशन, प्राधिकरणका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशनहरुलगायत सम्मिलित टोली विद्युत् र आपूर्ति अवस्थाका बारेमा जानकारी लिएको थियो ।

विगत वर्षमा झैँ यस वर्ष लक्ष्मीपूजाका दिन मुलुकभर विना अवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत गृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो । २०७३ सालको भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङ नेतृत्वको टोलीले विद्युत माग र आपूर्तिको व्यवस्थापन गरी सोही वर्षको लक्ष्मीपूजाको दिनबाट परीक्षणका रूपमा काठमाडौँ उपत्यकाबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेको थियो ।

२०८२ कार्तिक ५, मंगलवार १४:२७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय