एजेन्सी । टि-२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले इंग्ल्यान्डलाई १६९ रनको लक्ष्य दिएको छ। हार्दिक पान्ड्या र विराट कोहलीले अर्धशतक बनाएपछि भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रनको योगफल तयार पारेको हो।
केएल राहुललाई पाँच रनमा गुमाएपछि भारत सुरुमै दबाबमा परेको थियो। यस्तोमा कप्तान रोहित शर्मा र पूर्वकप्तान कोहलीले भारतीय इनिङ्सलाई अगाडि बढाएका थिए। रोहितले बलमा २७ रन बनाए। उनले कोहलीसँग ४७ रनको साझेदारी गरेपछि भारतीय इनिङ्सको आधार निर्माण भएको थियो।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

कोहली भने ४० बलमा ५० रन पूरा गरे। आउट हुनुअघि उनले पान्ड्यासँग गरेको साझेदारी भारतका लागि महत्त्वपूर्ण साबित भयो। पान्ड्याले ३३ बलमा ६३ रन बटुले।
बलिङतर्फ इंग्ल्यान्डका लागि क्रिस जोर्डनले ३१ रन खर्चिएर दुई विकेट लिए। त्यसैगरी क्रिस वोक्स र आदिल रशिदको नाममा एक–एक विकेट रह्यो।















