ADVERTISEMENT

पर्सा । जिल्ला पर्सा वीरगंज महानगरपालिका–१७ अलौ पोस्ट नजिक प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको प्रहरी टोलीले करिब १ किलो ९८५ ग्राम गाँजा सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

मिति २०८२ साल कार्तिक ६ गते बिहान करिब ८ः५० बजे सप्रनाउ सुरज कुमार कार्कीको कमाण्डमा खटिएको पाँच जनाको गस्ती टोलीले नेपालबाट भारततर्फ साइक्लमा जाँदै गरेका वीरगंज–२६ अठराहा बस्ने अन्दाजी ७४ वर्षीय इस्लाम अन्सारीलाई चेकजाँच गर्ने क्रममा उनको झोलामा लुकाइएको करिब १ किलो ९८५ ग्राम गाँजा फेला पारेको हो।

सामान्य आयुर्वेद चिकित्सा/AHA (कविराज) मा भर्ना खुल्यो ।

शुभकामना

शुभकामना

गाँजा सहित साइक्लमा यात्रा गरिरहेका अन्सारीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सोही दिन दिउँसो करिब २ः०० बजे वडा प्रहरी कार्यालय श्रीपुरमा बुझाइएको प्रहरीले जनाएको छ।

२०८२ कार्तिक ७, बिहीबार १५:५५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय