शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,कार्तिक ०७ गते । सिरहामा एक विपन्न परिवारमाथि भएको आक्रमणको घटना राजनीतिक दबाबमा सामसुम पार्न खोजिएको आरोपबीच गृहमन्त्री ओमप्रकाश अर्यालले चासो व्यक्त गरेका छन् । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई घटनाको निष्पक्ष जाँचका लागि उनले निर्देशन दिएका हुन् ।

गृहमन्त्री अर्यालले सिरहाको मिर्चैयामा ४ जनालाई घाइते बनाइएको घटनाबारे बुझेर अगाडि बढ्न प्रहरीलाई निर्देशन दिएका हुन् । मिर्चैया नगरपालिका– ३ छड्की टोलको एक परिवारमाथि आक्रमण भएको थियो। पीडित परिवारले आक्रमणमा संलग्न व्यक्तिहरू मध्ये पाँच जना पक्राउ परे पनि राजनीतिक दबाबमा प्रहरीले तीन जनालाई छाडेको आरोप लगाएको छ।

शुभकामना

२०८२ कार्तिक ८, शुक्रबार ०४:११

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय