शिव मारुती ज्वेलर्स

उर्लाबारी, कार्तिक ०७ गते । उर्लाबारीमा भाईटीकाको राती खैरो हिरोइन (ब्राउन सुगर) सहित एक पुरुष पक्राउ परेका छन्। बिहीबार राति करिब ९:३९ बजे उर्लाबारी नगरपालिका–७ स्थित बरगाछीमा डेरा लिएर बस्दै आएका ४३ वर्षीय मोहनसिंह बरहीलाई प्रहरीले १७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

बरही लागूपदार्थ ओसारपसार तथा बिक्री वितरणमा संलग्न रहेको विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक रञ्जन बरालको कमाण्डमा खटिएको प्रहरी टोलीले उनको कोठामा खानतलासी गर्दा प्लास्टिकमा प्याक गरिएको अवस्थामा ब्राउन सुगर बरामद गरेको हो।

शुभकामना

पक्राउ परेका बरहीको स्थायी ठेगाना झापाको गौरादह नगरपालिका–६ रहेको प्रहरीले जनाएको छ। उनी हाल उर्लाबारी–७ मा गोरख खड्काको घरमा डेरा गरी बस्दै आएका थिए।

प्रहरीकाअनुसार बरहीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ र थप अनुसन्धानका लागि म्याद थप गरी कार्यवाही अघि बढाइएको छ।

२०८२ कार्तिक ८, शुक्रबार १४:४६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय