फोक्स नेपाल ,संवाददाता । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सत्तागठबन्धन अहिलेको आवश्यकता भएको बताएका छन्।
नेपाली कांग्रेस बाराद्वारा पार्टी कार्यालय कलैयामा बिहीबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता निधिले यस्तो बताएका हुन्।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

निधिले गठबन्धनका उम्मेदवारहरुलाई भोट हालेर अहिलेको गठबन्धनलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिए।
४ मंसिरको चुनाबपछि कांग्रेसको नेतृत्वमा सरकार गठन हुने र त्यहि सरकारले नागरिकता बिधेक अघि बढाएर नागरिकता समस्याको सधैका लागि हल गर्ने उनको भनाइ थियो।
नेता निधिले चुनाबमा एमाले नेतृत्वको गठबन्धन बलियो भएमा नागरिकता समस्या कहिलयै पनि हल नहुने उल्लेख गरे।
कांग्रेस जिल्ला सभापति राजेश यादवको सभापतित्वमा भएको अगुवा कार्यकर्ता भेलामा पूर्ब राज्यमन्त्री कलावती पासवान, पूर्व सांसद डा. शोभाकर पराजुलीलगायतले पार्टी सानातिना विवादलाई भुलेर गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका थिए।















