फोकस नेपाल ,कार्तिक १५ गते । कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका-२ को वाणीमा ना७ख ६१८२ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
शुभकामना

बसमा पाँच जना सवार थिए । दुर्घटनापछि फरार भएका चालक वेदकोट नगरपालिका-३ दैजीका ४६वर्षीय रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।














