शिव मारुती ज्वेलर्स

विराटनगर ,कार्तिक २० गते । झापामा जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते लुटिएको हतियार र गोली फेला परेको छ ।

बिर्तामोड नगरपालिका– ६ स्थित सुगम शान्ति टोलको तोरीवारी नजिक रहेको सिमल तरुलको झाडीमा बेवारिसे अवस्थामा बुधबार एक थान इन्सास हतियार, एक थान म्याग्जिन, १९ राउन्ड साबुत र २ राउन्ड बेसाबुत गोली फेला परेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए ।

शुभकामना

फेला परेको हतियार भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनिबाटै लुटिइएको थियो ।

जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारमध्ये बिर्तामोड र दमक गरी २२ थान भेटिन अझै बाँकी रहेको उनको भनाई छ ।

२०८२ कार्तिक २१, बिहीबार ०५:००

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय