काठमाडौं, कार्तिक २१ गते । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्रीजगदीश खरेलले आज नयाँ प्रकारको सवारी चालक अनुमतिको (लाइसेन्स) छपाई कार्यको शुभारम्भ गरेका छन् ।
शुभारम्भ कार्यक्रममा मन्त्री खरेलले डिजिटल प्रविधि प्रयोग गरेर द्रुत र सुरक्षित ढंगले चालक अनुमतिपत्र वितरण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “अब नागरिकले महिनौँ कुर्नु नपर्नेछ, छिटो र पारदर्शी सेवा हाम्रो प्राथमिकता हो।”
शुभकामना

सडक सुरक्षा र सेवाको सहजताका लागि यो प्रणालीले ठूलो योगदान पुर्याउने मन्त्री खरेलको भनाइ थियो। कार्यक्रममा सूचना तथा प्रविधि विभागका महानिर्देशक, यातायात व्यवस्था विभागका प्रमुख, र अन्य अधिकारीहरूको उपस्थितिमा छपाई मेसिन औपचारिक रूपमा सञ्चालनमा ल्याइयो।
नयाँ प्रणालीमार्फत स्मार्ट कार्ड प्रविधिमा आधारित चालक अनुमति पत्र छपाइ सुरु भएको छ, जसमा सुरक्षा विशेषता, क्यूआर कोड र डिजिटल हस्ताक्षर समावेश गरिएका छन्।















