फोकस नेपाल ,महोत्तरी । नागेन्द्र सत्या आफ्नो facebook लेखे :- देश परिवर्तनको चरणमा प्रवेश गर्दै गर्दा स्वतन्त्र र क्रान्तिकारी विचारका अभियन्ता नागेन्द्र सत्या ले नयाँ राजनीतिक निर्णय सार्वजनिक गरेका छन्। लामो समयदेखि स्वतन्त्र विचारधारासहित समाजसेवा र राजनीतिक गतिविधिमा सक्रिय सत्या ले अब समय आएको भन्दै जनता सामु “बोल्ड निर्णय” प्रस्तुत गरेका छन्।
उनका अनुसार देश, समाज र मधेसका लागि केही नयाँ र सकारात्मक कदम चाल्नु अहिलेको आवश्यकता हो। उनले भनेका छन्, “मैले सधैँ स्वतन्त्र क्रान्तिकारी सोचका साथ अघि बढिरहेको छु। अब यो समाज र राष्ट्रका लागि केही ठोस योगदान दिनु आवश्यक छ।”
शुभकामना

सत्या ले स्पष्ट रूपमा घोषणा गरेका छन् कि आगामी फाल्गुन २१ गते हुने चुनावमा पूर्व श्रममन्त्री शरदसिंह भण्डारी, पूर्व शिक्षामन्त्री गिरिराजमणि पोख्रेल र पूर्व सांसद लक्ष्मी महतो कोईरी लाई कुनै पनि प्रकारको साथ–सहयोग वा समर्थन नगर्ने निर्णय गरेका छन्।
उनले भने, “यो निर्णयले मलाई थप चुनौतीहरु ल्याउनेछ तर म ती सबैलाई आत्मसात गर्दै अघि बढ्नेछु। राष्ट्र, जनता र समाज हितका लागि सहकार्य अवश्य हुनेछ।”
अन्त्यमा सत्या ले जेन्जी आन्दोलनको मर्म प्रति सम्मान व्यक्त गर्दै आफ्नो घोषणा राष्ट्र र जनताको हितका लागि गरिएको बताएका छन्।
नेपाल आमाको जय होस्। 🇳🇵














