शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,मंसिर ०८ गते । प्रधानमन्त्री सुशीला कार्कीलाई मागपत्र बुझाउन सिंहदरबार पुगेका मिराज ढुंगानाको नेतृत्वमा रहेको जेन–जी समूह आज सिंहदरबार प्रवेश अनुमति नपाएपछि दक्षिण गेटमै मागपत्र टाँसेर फर्किएको छ ।

समूहका सदस्यहरूका अनुसार उनीहरू निर्धारित समयमै मागपत्र बुझाउन गएको भए पनि सुरक्षाप्रहरीले भित्र प्रवेश गर्न अनुमति नदिँदा उनीहरू बाध्य भएर गेटमै आफ्नो मागसहितको कागज सार्वजनिक रूपमा टाँसेर फर्कनु परेको हो।

शुभकामना

जेन–जी समूहले राजनीतिक सुधार, रोजगारी, समावेशी युवानीति लगायतका मुद्दामा आफ्ना धारणाहरू प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्न खोजेका थिए।

समूहका अभियन्ता मिराज ढुंगानाले भने, “हामीलाई रोकेर सरकारले युवाको आवाज थुन्न खोज्यो, तर आवाज थुनिँदैन। मागपत्र गेटमै टाँसिदियौँ, अब जवाफ प्रधानमन्त्रीले दिनुपर्छ।”

युवाहरूले शान्तिपूर्ण तरिकाले आफ्नो आन्दोलन जारी रहने बताएका छन्।

२०८२ मंसिर ९, सोमबार १३:४६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय