धनुषा , मंसिर १२ गते । २२ दिनपहिले घटेको एक घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले आज जनकपुर उपमहानगरपालिका–१० का अन्दाजी ५० वर्षीय मनोज कुमार साहलाई काठमाडौंबाट पक्राउ गरी धनुषा ल्याएको छ।
धनुषा प्रहरी प्रमुखका अनुसार साहले उमेर नपुगेकी एक किशोरीमाथि जबरजस्ती करणीको प्रयास (उद्योग) गरेको आशंकामा पक्राउ गरिएको हो। घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान भैरहेको र यस चरणमा धेरै विवरण सार्वजनिक गर्न नसकिने प्रहरीले स्पष्ट पारेको छ।

सामान्य आयुर्वेद चिकित्सा/AHA (कविराज) मा भर्ना खुल्यो ।

शुभकामना

शुभकामना

प्रहरीका अनुसार अनुसन्धान अगाडि बढेसँगै घटनाका थप पक्षहरू क्रमिक रूपमा बाहिर आउनेछन्। पक्राउ परेका साहलाई आज साँझ पाँच बजेको विमानमार्फत काठमाडौंबाट धनुषा ल्याइएकाे प्रहरीले जनाएको छ।















