जनकपुरधाम । धनुषाको जटही माइति र ठेडा ससुराली भएकी २७ वर्षीया रोशनी झा (मिश्रा)को शंकास्पद मृत्यु भएको छ।
उनको घाँटीमा ठूलो घाउको दाग फेला परेको र श्रीमान् प्रशान्त मिश्राले दिएको बयान पनि आपसमा मेल नखाने भन्दै परिवारजनले हत्याको आशंका व्यक्त गरेका छन्।

सामान्य आयुर्वेद चिकित्सा/AHA (कविराज) मा भर्ना खुल्यो ।

शुभकामना

शुभकामना

घटना बिहीवार राति जनकपुरधाम–४, कटैया चौरीस्थित घरमा भएको हो। रोशनी केही दिनअघि मात्र आमासँग घर बनाउनका लागि करिब १५ लाख रुपैयाँ सापटी लिएको पनि परिवारले जनाएको छ। यही विषयसमेत विवादको कारण हुन सक्ने उनीहरूको दाबी छ।
परिवारका सदस्यले रोशनीको मृत्युलाई ‘सामान्य घटना नभएको’ भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्। यस घटनाबारे प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाएको बताइएको छ ।















