वीरगन्ज,मंसिर १४ गते । बारामा किरण बेभरेज नेपाल उद्योगका म्यानेजरको हत्या त्यहि उद्योगमा पहिले कार्यरत गाडी चालकले गरेको खुलेको छ ।
बाराको प्रसौनी गाउँपालिका वडा नम्बर. ६ भलुहीमा रहेको किरण बेभरेज नेपाल प्राइभेट लिमिटेडका व्यवस्थापक (म्यानेजर) सर्लाहीको धनकौल गाँउपालिका वडा नम्बर २ घर भएका ५० वर्षीय रामकिशोर सिंहको मंसिर ११ गते बेलुकी घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव उद्योगनजिकै मंसिर १२ गते बिहान भेटिएको थियो ।

सामान्य आयुर्वेद चिकित्सा/AHA (कविराज) मा भर्ना खुल्यो ।

शुभकामना

शुभकामना

उनको हत्या त्यहि पानी उद्योगमा केहि समयपहिले कार्यरत गाडी चालक पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीका २१ वर्षीय राजनकुमार राम र उनका साथी मनियारीकै ३२ वर्षीय प्रमोद साह तुराहाले गरेको खुलेको हो ।
उद्योगमा बदमाशी गरेपछि जागिरबाट निकालेको रिसमा चालक राजनकुमारले उद्योगका म्यानेजर सिंहको घाँटी रेटेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेमराज नेपालले जानकारी दिए ।
हत्यामा संगल्न दुवै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । मुख्य अभियुक्त राजनकुमारलाई भारततर्फ भाग्दै गरेको अवस्थामा पर्साको भिस्वा नाकाबाट र उनका साथी प्रमोदलाई भने आफ्नै गाँउमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक नेपालले जानकारी दिए ।
म्यानेजर सिंहको किन हत्या गरियो ?
राजनकुमार किरण बेभरेज पानी उद्योगमा गाडी चालकको रूपमा काम गर्दै आईरहेका थिए। गत वर्ष लागेको महागढीमाईको मेलाको बेला गाडीको कलच प्लेट जलाएको कारण उद्योगका म्यानेजर सिंह (मृतक) र चालक राजनकुमारबीच विवाद भई झगडा भएको थियो।
त्यसपछि राजनकुमारले जागीर छाडेर गएपनि पुनः गत कात्तिक १ गतेदेखि मंसिर १० गतेसम्म काम गरेका थिए।त्यसअवधिमा पनि उनले उद्योगल पानीको बिक्री मुल्य ११० रुपैयाँ तोकेको भएपनि आफ्नो व्यक्तिगत मुनाफाको लागी ११५ र १२० रुपैयाँमा बजारमा बेच्दै आएको पोल खुलेपछि म्यानेजर सिंहले जागीरबाट गत मंसिर १० गतेदेखि निकालिदिएकम थिए ।
त्यसैको रिसबीमा गत मंसिर ११ गते बेलुकी राजनकुमारले आफ्ना गाँउका साथी प्रमोदसंग मिलेर बेलुकी ८ बजे उद्योगमा गई म्यानेजर सिंहको घाँटी छुराले रेटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरी निरीक्षक नेपालले जानकारी दिए।घटनास्थलबाट रगत लागेको फलामको छुरा एक थान र रगत लागेको ईट्टा एक थान बरामद गरिएको उनले बताए ।















