बृहत् रक्तदान कार्यक्रम

फोकस नेपाल ,मंसिर १७ गते । मधेश प्रदेशसभामा बुधबार विश्वासको मतको प्रक्रिया अवरुद्ध भएको छ। सर्वोच्च अदालतको आदेशअनुसार मुख्यमन्त्री सरोज कुमार यादवले आजै सदनबाट विश्वासको मत लिनुपर्ने भएपछि बिहानै बैठक बोलाइएको थियो। तर मुख्यमन्त्री नै उपस्थित नहुँदा बैठक अघि बढ्न नसकेर स्थगित गरिएको हो।

बिहान ८:३० को बैठक १०:३० मा मात्र सुरु

शुभकामना

शुभकामना

प्रदेशसभा सचिवालयले विश्वासको मतका लागि बैठक बिहान ८:३० बजेका लागि आह्वान गरेको थियो। तर विभिन्न दलका सांसद, नेताहरूको ढिलाइ तथा प्रक्रियागत समन्वय नहुँदा बैठक १०:३० बजे मात्र सुरु भयो।

सदन सुरु भएपछि विश्वासको मतको कार्यसूची अगाडि बढाउने तयारी थियो, तर बैठकमा मुख्यमन्त्री सरोज कुमार यादव र मन्त्रीहरू नै अनुपस्थित रहे। मुख्यमन्त्रीले आफूले विश्वासको मत लिन दिउँसो २ बजे समय मागेको भन्दै बिहानको बैठकमा नआएको बुझिएको छ।

मुख्यमन्त्री र मन्त्री अनुपस्थित, सदन चल्न नसकेपछि स्थगन

मुख्यमन्त्री अनुपस्थित भएपछि प्रदेशसभाका उपसभामुखले बैठक सञ्चालन सम्भव नभएको भन्दै सदन दिउँसो २ बजेसम्मका लागि स्थगित भएको घोषणा गरे।

सांसदहरूले मुख्यमन्त्रीको अनुपस्थिति अनावश्यक विवाद सिर्जना गर्ने कदम भएको टिप्पणी गरेका छन्। विपक्षी दलहरू यसलाई सरकारको कमजोर स्थितिको सूचकका रूपमा व्याख्या गरिरहेका छन्।

पृष्ठभूमि : सर्वोच्च अदालतको आदेशपछि विश्वासको मत

सर्वोच्च अदालतले हालै दिएको आदेशअनुसार मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने स्थिति बनेको थियो। अदालतले उनको नियुक्ति प्रक्रियालाई चुनौती दिँदै सदनबाट विश्वासको मत लिएर आफ्नो बहुमत प्रमाणित गर्न निर्देशन दिएको थियो।

त्यही आदेशअनुसार आज नै मत लिने तयारी भए पनि समय–सूचीमा सरकार र प्रदेशसभा नेतृत्वबीच असमन्जस देखियो।

अब के हुन्छ ?

दिउँसो २ बजे बस्ने बैठकमा,मुख्यमन्त्री उपस्थित हुने-जुनै सम्भावना छ,विश्वासको मत प्रक्रिया अघि बढ्ने अपेक्षा गरिन्छ, या फेरि राजनीतिक विवाद पनि बढ्न सक्ने देखिन्छ।

यदि मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न सकेनन् भने संविधानअनुसार प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

२०८२ मंसिर १८, बुधबार ०६:५५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय