धनुषा ,मंसिर १८ गते । धनुषाको मिथिला नगरपालिका–३, लालभितिबाट साल जातका पाँच थान काठ बरामद गरिएको छ।
पुष्पवलपुर सव डिभिजन वन कार्यालयले गरेको अनुगमन तथा नियमित गस्तीका क्रममा ६.७० क्यूफिट बराबरका ती काठ बरामद गरिएको हो।
शुभकामना

सव डिभिजन प्रमुख वन अधिकृत रामसुन्दर साहको नेतृत्वमा गरेको टोलीले सो क्षेत्रबाट अवैध रूपमा लुकाएर राखिएको अवस्थामा काठ फेला पारेको कार्यालयले जनाएको छ।
बरामद गरिएको काठ आवश्यक कारबाहीका लागि कार्यालयमा राखिएको र घटनामा संलग्न व्यक्तिको पहिचान तथा अनुसन्धान कार्य जारी रहेको वन कार्यालयले जानकारी दिएको छ ।














