शिव मारुती ज्वेलर्स

धनुषा ,मंसिर २८ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–८ कुम्हरामा अवस्थित श्री कुम्हरा युवा क्लबको ११औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। क्लबका अध्यक्ष मुकेश कुमार ठाकुरको अध्यक्षतामा सम्पन्न साधारणसभामा विभिन्न क्षेत्रका अगुवा तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

साधारणसभामा सन्त देवेन्द्र दास, झल्कु भिनवार यादव, दिपक यादव, सशस्त्र प्रहरी निरीक्षक गणेश कुमार बोहरा, डा. अमिन्द्र भिनवार यादव, एमाले वडा अध्यक्ष विष्णुहरि पूर्वछानेलगायत स्थानीय व्यक्तित्वहरूको सहभागिता थियो।

शुभकामना

सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। जसअनुसार अध्यक्ष पदमा मुकेश कुमार ठाकुर पुनः चयन भएका छन्। उपाध्यक्षमा बबिता मण्डल, सचिवमा जितेन्द्र यादव, सह–सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा रिन्कु कुमारी यादव चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा रञ्जु कुमारी, अश्तोष यादव, आशा कुमारी यादव र आशा यादव चयन भएका छन्। क्लबको सल्लाहकार समितिमा जगत नारायण, मरिक यादव, शुभ नारायण यादव, डा. अमिन्द्र भिनवार यादव, नथुनी ठाकुर, पवन बनरैत, मनोज बनरैत, मन्छु भिनवार र मनोज चयन भएका छन्।

साधारणसभामा क्लबको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो। साथै आगामी दिनमा युवाहरूको सक्रिय सहभागितामार्फत सामाजिक, शैक्षिक तथा रचनात्मक गतिविधिहरू विस्तार गर्ने विषयमा समेत विस्तृत छलफल गरिएको थियो। क्लबले समुदाय विकासमा अझ प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

२०८२ मंसिर २९, आईतवार १३:४२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय