सिरहा । धनगढीमाई नगरपालिका वडा नम्बर १ स्थित एक पोखरीमा एक युवक मृत अवस्थामा फेला परेका छन्। मृतकको पहिचान धनगढीमाई–४ जयपुर निवासी पशुपति यादव (३४) का रूपमा भएको छ।
स्थानीयका अनुसार सोमबार बिहान पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो। घटनास्थलमा पुगेको प्रहरीले शव पोखरीबाट बाहिर निकालेर मुचुल्का उठाएको छ। मृतक पशुपति यादव गुरु दयाल यादवका छोरा तथा बिमला यादवका पति हुन्।
शुभकामना

प्रहरीले घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको जनाएको छ। मृतकको मृत्युको कारण खुल्न नसकेकाले पोस्टमार्टमका लागि शव अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।














