शिव मारुती ज्वेलर्स

दाङ, असोज १९ गते । दाङमा लमहीस्थित अर्जुन खोलामा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

लमही नगरपालिका-६ स्थित अर्जुनखोलामा मंगलबार दिउँसो पौडी खेल्न गएका लमही-४ अर्नहवाका १३ वर्षीय ललित परियार र १० वर्षीय अजित विकको डुबेर मृत्यु भएको हो ।

शुभकामना

सशस्त्र प्रहरी बल नं ४१ दाङका प्रहरी नायव निरिक्षक प्रकाश जैसी ढकालका अनुसार दिउँसो पाँच जना साथीहरू नुहाउन गएका मध्ये दुई जनाको मृत्यु भएको हो ।

घटना भएलगतै सशस्त्र प्रहरी बल नेपाल–४१ नम्बर रिजर्भ गण अर्जुनखोलाको टोली खोजी तथा उद्धारमा खटिएका थिए । मृतकको शव लमही अस्पतालमा राखिएको छ ।

२०७९ आश्विन १९, बुधबार ०७:४७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय