फोकस नेपाल ,माघ ०२ गते । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ स्थित एसबिआई बैंक शाखामा भएको तीन करोड रुपैयाँ बराबरको लुटपाटमा संलग्न सबै सात जना पक्राउ परेका छन्। पुस २९ गते भएको उक्त घटनामा बैंक रहेको घरका धनीसमेत प्रत्यक्ष रूपमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन्।
प्रहरीले लुटिएको रकममध्ये २ करोड ६८ लाख ५५ हजार १ सय ७५ रुपैयाँ बरामद गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१० निवासी ४२ वर्षीय भागवतसिंह थापा, सिन्धुली घ्याङलेख–२ का ४७ वर्षीय चतुरमान बज्यु, चितवन भरतपुर–२ का २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या–५ का २३ वर्षीय मिलन गिरी र १९ वर्षीय विवेक मगर, सिन्धुली घ्याङलेख–२ का ४४ वर्षीय छविलाल स्याङ्तान तथा १६ वर्षीय एक नाबालक (परिवर्तित नाम) रहेका छन्।
शुभकामना

पुस २९ गते साँझ करिब साढे ७ बजे बैंकभित्र प्रवेश गरी लुटपाट गरिएको थियो। लुटेराहरूले सुरक्षा गार्ड रुद्रबहादुर कार्की र बैंकका कर्मचारीहरूलाई नियन्त्रणमा लिई खुकुरी देखाएर त्रा’स फैलाएका थिए। गार्ड कार्की सामान्य घाइते भएका थिए भने उनको मुखमा पट्टी बाँधेर लु’टपाट गरिएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले घटनास्थलबाट करिब दुई किलोमिटर पूर्व लिपिखोलाबाट टाटा सुमो र चालक भागवतसिंह थापालाई नियन्त्रणमा लिएको थियो। सोही रात जंगलमा बोराभित्र लुकाएर राखिएको अवस्थामा १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ फेला परेको थियो।
भोलिपल्ट बिहान घ्याङलेख–१ सुकाचुरीबाट चार जना शंकास्पद व्यक्तिलाई पक्राउ गरी खानतलासी गर्दा ५ लाख ९ हजार ६ सय ७५ रुपैयाँ बरामद भएको थियो। उनीहरूको बयानका आधारमा थप ८३ लाख ३५ हजार रुपैयाँ, लुटपाटमा प्रयोग गरिएको नकाब, पञ्जा र नक्कली प्लाष्टिकको पे’स्तोल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घ’टनामा चतुरमान बज्यु र बैंक रहेको घरका धनी छविलाल स्याङ्तानको मुख्य भूमिका रहेको छ। उनीहरू असोज महिनादेखि नै बैंक लुट्ने योजनामा थिए। पुस २३ गते समेत लुटको प्रयास असफल भएपछि पुनः योजना बनाएर पुस २९ गते लु’टपा’ट गरिएको खुलेको छ।
बैंकले उक्त दिन ३ करोड ७ लाख रुपैयाँ लुटिएको जानकारी प्रहरीलाई दिएको थियो। घ’टनामा करिब ५–६ जनाको समूह प्रत्यक्ष संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।














