फोकस नेपाल , फाल्गुन ०३ गते । गौर–पिपरा जाने सडकखण्ड अन्तर्गत सरूअठा स्थित झाझपुल नजिकको मोडमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान-श्रीमती दुवै जनाको घटनास्थलमै ज्यान गएको खबर प्राप्त भएको छ ।
मृत्यु हुनेमा यमुनामाई गाउँपालिका वडा नं. ४, सरूअठा निवासी अन्दाजी २४ वर्षीय दिपेन्द्र साह र उनकी अन्दाजी २१ वर्षीया श्रीमती रहेका छन्। प्रारम्भिक जानकारी अनुसार झाझपुलभन्दा केही अगाडि रहेको मोडमा मोटरसाइकल अनियन्त्रित भई गेहुँ खेतमा पल्टिँदा उनीहरूको मृ*त्यु भएको हो।
शुभकामना

दुवै जनाको शव मोटरसाइकलसहित एकै स्थानमा फेला परेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
















