शिव मारुती ज्वेलर्स

महोत्तरी, गौशाला । महोत्तरी क्षेत्र नम्बर १ अन्तर्गत गौशाला नगरपालिका–१२ र गौशाला ११ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय विधिवत रूपमा उद्घाटन गरिएको छ।

कार्यालयको उद्घाटन महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार प्रमोद महतो द्वारा गरिएको हो। उद्घाटन कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

शुभकामना

कार्यक्रममा बोल्दै महतोले सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले महोत्तरी क्षेत्र नं. १ को समग्र विकासका लागि रास्वपाले नयाँ राजनीतिक संस्कार स्थापना गर्ने दाबी गरे।
उद्घाटन कार्यक्रममा “जय घण्टी, जय बालेन” भन्ने नारासमेत घन्किएको थियो। कार्यक्रममा पार्टीका केन्द्रीय सभापति रवि लामिछाने तथा बालेन्द्र शाह (बालेन) को समर्थनमा समेत नाराबाजी गरिएको थियो।

 

स्थानीय तहदेखि संघीय स्तरसम्म सशक्त उपस्थिति जनाउने लक्ष्यसहित रास्वपाले आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको जनाएको छ।

२०८२ फाल्गुन ३, आईतवार १३:४७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय