मलंगवा । सर्लाही जिल्ला मा गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब–इन्जिनियर प्रमोद यादव को मृत्यु भएको छ।
जिल्ला प्रहरीका अनुसार कार्यालयअन्तर्गत कार्यरत यादवमाथि शुक्रबार साँझ करिब ८ बजेतिर गोली प्रहार भएको हो। घटना मलंगवा नगरपालिका–१० क्षेत्रमा भएको बताइएको छ।
शुभकामना

गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि स्थानीय अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार उपचारका क्रममा उनको मृत्यु भएको हो।
घटनाबारे जानकारी दिँदै प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राई ले अज्ञात समूहबाट आक्रमण भएको प्रारम्भिक विवरण प्राप्त भएको बताएका छन्। संलग्न व्यक्तिहरूको खोजी तथा घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
घटनाको थप विवरण आउन बाँकी छ।















