फोक्स नेपाल ,संवाददाता । रौतहटमा जिपको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको चन्द्रपुर ३ स्थित गैडाटार गाउँमा जिपको ठक्करबाट मंगलबार राती स्थानिय ३३ वर्षिय ईमान सिंह थिङको मृत्यु भएको हो ।
घटनापछि मृतकका आफन्तले केहीबेर ईलाका प्रहरी कार्यालय अगाडी होहल्ला गरेका थिए ।
शुभकामना

चन्द्रपुर– ३ पूर्वीटोलस्थित भित्रि सडक खण्डमा गैंडाटारबाट च.पुर आउँदै गरेको प्र.२–०३–००१ च १९४४ नम्बरको पिकअप जिपले ठक्कर दिदा पैदल यात्री थिङको मृत्यु भएको ईलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपी सन्तु जैसवारले बताए ।














