शिव मारुती ज्वेलर्स

सिरहा, मंसिर १ गते । प्रहरीले पेस्तोलसहित सिरहाबाट दुई युवकलाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा सुरक्षा बेस क्याम्प मिर्चेयाबाट खटेको मोबाइल गस्ती टोलीले मिर्चैया नगरपालिका–६ बाट नवराजपुर गाउँपालिका–५ का २९ वर्षीय प्रेम शर्मा र सोही गापा–३ का २७ वर्षीय आनन्द कुमार रामलाई पक्राउ गरिएको छ ।

शुभकामना

नम्बर मेटिएको मोटरसाइकललाई मिर्चैया–कटारी सडक खण्डको होलिडे होटल अगाडि चेकजाँच गर्दा उनीहरूको साथबाट पेस्तोल फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रहरीले दुबै जनालाई बरामद सामग्रीसहित आवश्यक अनुसन्धान तथा कारबाहीको लागि तत्काल इलाका प्रहरी कार्यालय मिर्चैयालाई बुझाएको जनाएको छ।

२०७९ मंसिर १, बिहीबार १४:३३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय