शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

बर्दिवास । महोत्तरीबाट नेकपा एमालेको सूर्य चिन्हमा स्वस्तिक छाप लागेको मतपत्र बोकेको भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।

बर्दिवासबाट सूर्य चिन्हमा स्वस्तिक छाप लगाएको मतपत्र बोकेको भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको हो।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

शुक्रबार राती बर्दिवास नगरपालिका वडा नं. ३ स्थित गौरीडाँडाबाट स्वस्तिक छाप लगाएको मतपत्र बोकेको एच आर ३६ एस ५४७१ नम्बरको भारतीय नम्बरको गाडी नियन्त्रणमा लिइएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए ।
सूर्य चिन्हमा स्वस्तिक छाप लगाएको २ सय ६२ थान नमूना मतपत्र फेला परेपछि गाडी नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ ।

पक्राउ परेको गाडी इलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा रहेको प्रहरी प्रमुख पंगेनीले जानकारी दिए ।

मौन अवधिमा आचारसंहिता विपरीत चुनावी प्रचारका सामग्री लिएर हिँडेको गाडी र चालक सहित निर्वाचन कार्यालयमा कारबाहीका लागि सिफारिस गरिने एसपी पंगेनीले बताए ।

२०७९ मंसिर ३, शनिबार ००:३४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय