शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोक्स नेपाल ,मंसिर २३ । जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ। काठमाडौँमा पहिलो पटक बिहीबार बसेको केन्द्रीय समितिको बैठकले सरकारमा जाने निर्णय गरेको अध्यक्ष चन्द्रकान्त राउतले  बताए।

‘कुन मन्त्रालय भन्ने तोकेका छैनौँ, काम गर्न सक्ने मन्त्रालय लिन तयार छौँ,’ उनले भने।सरकारको नेतृत्व कसले गर्ने भन्ने पनि निर्णय नभएको उनले बताए।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

‘जसको नेतृत्वमा भए पनि सरकारमा सहभागी हुन्छौँ, हाम्रा केही माग छन्। त्यो जसले सम्बोधन गर्छ, त्यसैमा सामेल हुन्छौँ,’ राउतले भने।

जनमतले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १ सिट जितेको छ। साथै, समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी पनि बनेको छ। सो पार्टीले समानुपातिकमा चार सिट पाएको छ।

२०७९ मंसिर २३, शुक्रबार ००:१३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय