शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,मंसिर २६  ।धनुषामा काढा बनाउने विषयमा विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको खुलेको छ ।

जिल्लाको बटेश्वर गाउँपालिका ५ शान्तिपुर बस्ने २८ वर्षीया रिता देवी भन्ने अमृता कुमारी यादवको हत्या आरोपमा ३२ वर्षीय श्रीमान विरेन्द्र यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

प्रहरी घटनाको अनुसन्धान गर्दै जाँदा श्रीमानले घरायसी विवादमा श्रीमतीको हत्या गरेको खुलेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

श्रीमान र श्रीमतीबीच घरायसी कुराहरूलाई लिएर पहिला देखिनै विवाद हुँदै आएकोमा घटनाको दिन रितालाई काढा बनाई दिन भन्दा उनले इनकार गरेपछि सोही विषयमा दुबैजनाबीच झै–झगडा भएको थियो ।

झै–झगडा हुँदा घरमा रहेको सानो बन्चरोले रिताको टाउको तथा अनुहार भागमा काटेर हत्या गरेको खुलेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२०७९ मंसिर २६, सोमबार १३:०६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय