फोकस नेपाल ,पुस १६ गते । सर्लाहीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
गएराति हरिपुर नगरपालिका-८, जितपुरमा प्रदेश २-०३-००१ च २३९६ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा साइकलमा सवार हरिपुर-२ का ३५ वर्षीय चक्रेश्वर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।
यस्तै, गएराति सवा ८ बजे ईश्वरपुर नगरपालिका-१२ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका-३ बस्ने ३० वर्षीय रोशन यादव रहेका प्रहरी नायब उपरीक्षक यादवले जानकारी दिए।
ना. १ ब. २५५६ नम्बरको सरकारी नम्बर प्लेट भएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा घाइते भएका यादवको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको हो।
यादव लालबन्दी नगरपालिकामा सब इन्जिनियर रहेको खुलेको छ।















