फोकस नेपाल ,माघ ४ गते । सप्तरीमा बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
बुधबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहा स्थित ना ५ ख ६७२ नम्बरको यात्रु बाहक बसको ठक्करबाट स्थानीय करिब ६५ वर्षीय राजेन्द्र विश्वासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

विश्वासको घटना स्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
शवलाई पोष्ट मार्टमको लागी गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको तथा बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।















