शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

जनकपुरधाम, माघ १७ गते । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार प्रकरणमा तीन प्रहरी निलम्बनमा परेका छन् । त्यहाँ रातिको समय डिउटी बसेका तीनजना प्रहरी जवानलाई कारबाही स्वरुपम तत्कलका लागि निलम्बन गरिएको प्रहरी स्रोतले जनाएको छ ।

इलाकामा जिम्मेबारीमा रहेका इन्सपेक्टर बेचन यादवसहितको २५ जनाको टिमलाई सोमबार नै जिल्ला तानिएको छ । प्रहरी नायव निरीक्षक (सई) मुक्तिनारायण चौधरीलाई जिम्मेबारीमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

आइतबार राति करिब ३ बजेको समयमा हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । जस मध्ये हातहतियार मुद्दाका अभियुक्त मिथिला नगरपालिका २ नक्टाझिज बस्ने रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गर्न सफल भएको छ । अन्य ५ थुनुवा अझै पनि फरार छन् । उनीहरुको खोजी कार्य तीव्र पारिएको छ।

२०७९ माघ १७, मंगलवार ०९:४८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय