शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

वीरेन्द्र पासमान ,माघ ,२१ गते ।  सिरहा जिल्लाको उद्योग व्यापार संघको भवनमा आम जनता पार्टीक‍ो सिरहा जिल्ला भेला सम्पन्न भएको छ।

सोही कार्यक्रमको प्रमुख अतिथि पुर्वी मंत्री आम जनता पार्टीको राष्ट्रिय अध्यक्ष प्रभु साहले गरेको थियोे ।
कार्यक्रममा अतिथिको रुपमा मधेस प्रदेश अध्यक्ष केन्द्र सदस्य श्रीचन मुखिया ,सिरहा जिल्लाका जिल्ला अध्यक्ष उदय साह ,केन्द्र सदस्य राम पृित राम र श्रीलाल महरा थिए । सोही कार्यक्रममा सम्बोधन गर्दै प्रभु साह हाम्रो देशमा लोकतन्त्र होइन बरु लुटतन्त्र हो भनेका छन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

अहिलेसम्म हाम्रो नेपालमा नेपाली जनताहरुले युवाहरू बेरोजगारीको कारणले काम नपाएर विदेश पलान भैराको छ। रोजगारीको लागि अहिलेसम्म हाम्रो देशमा समस्या जस्तो त्यस्तै देखिन्छन् तर विदेशमा गएर युवाहरु र बाक्समा लास भएर  हाम्रो देशमा फर्किन्छ।

हाम्रो देशमा सत्ता परिवर्तन भयो तर व्यवस्था परिवर्तन भएन अहिलेसम्म हाम्रो देशमा र लोकतन्त्रको नाममा र लुटतन्त्र देखिन्छ ।

राजतन्त्रको वकालत गर्छन् कोही कसैले त अहिलेसम्म हाम्रो देशमा लोकतन्त्रको नाममा धेरै पार्टीहरु आए तर अहिले सम्म जनताहरुले सास फेर्न सकेको छैन।
अहिलेसम्म हाम्रो देशमा जनता तन्त्र होइन बरु दलीय तन्त्र हो यसरी अभिव्यक्ति साहले दिएको थिए।

सोही कार्यक्रममा महिला हिंसा र विषयवस्तुमा केन्द्रित भएर नाचगान र नाटकीय प्रर्दशन गरेको थियो । कलाकारहरु द्वारा लगायतका कार्यकर्ताहरुको सहभागी थिए कार्यक्रममा लगभग ३ सय भन्दा बढी जनताहरु सहभागी रहेको केन्द्र सदस्य राम पृित रामले जनकारी दिएको छ ।

२०७९ माघ २१, शनिबार १६:०४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय