भैरहवा, फागुन ८ गते । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कर्तव्य ज्यान मुद्धामा १९ बर्षदेखि फरार रहेको प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओमसतिया गाउँपालिका वडा नंम्बर ४ बस्ने ४६ बर्षिय श्रीराम हरिजन रहेका छन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले हरिजनलाई आज उनकै घरबाट पक्राउ गरेको हो ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

तत्कालीन पुनरावेदन अदालत बुटवल रुपन्देहीको २०६० साल बैशाख १० गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा १० बर्ष कैद सजाय भई फरार रहेका साविक वसन्तपुर गाविस वडा नंम्बर ९ हाल ओमसतिया गाउँपालिका वडा नंम्बर ४ बस्ने बहादुर हरिजनको छोरा श्रीराम हरिजनलाई पक्राउ गरी कैद भूक्तानको लागी जिल्ला कारागार कार्यालय भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।















